Posts

Showing posts from 2018

फ्री ! फ्री !! फ्री !!!

Image
फ्री ! फ्री !! फ्री !!! आजको समयमा अमृतवाणीका रूपमा स्थापित शब्द हो "फ्री" अर्थात " सित्तैमा" । वर्तमान युगमा त "फ्री" कुनै एकशब्दे दर्शनभन्दा कम छैन । सत्ययुगमा सत्य , त्रेतामा राम , द्वापरमा कृष्ण भनेझैँ कलियुगका आदर्श हुन "फ्री" जि ।फ्री महात्मयको सुरुवात भएको धेरै छैन । एकदिनको कुरा हो एउटा मनुवाले ब्रह्माजीको तपस्या गरेछ । प्रसन्न भएर ब्रह्माजी प्रकट हुनुभएछ र वरदान माग्न आज्ञा गर्नुभएछ । मनुवाले बिन्ती बिसाएछ," हे प्रभु ! मलाइ मन र धन दुवैको आवश्यकता छ ।पैसा कमाएर म एउटी राम्री केटी बिहे गर्न चाहन्छु । मलाइ यो गरिबपना र सिङ्गलपनाबाट मुक्त हुने निदान बताइदिनुहोस न।" ब्रह्माजीले आज्ञा गर्नुभएछ "हे बालक! तिमी आजैबाट "फ्री" देवको नाम आफ्नो जीवनमा प्रयोग गर्न थाल । तिमीलाइ लक्ष्मी र नारी दुबै प्रदान हुनेछन् ।" नभन्दै त्यो मनुवाले भोलिपल्टै पानीपुरीको पसल खोलेछ अनि भनेछ " २० रुपैयाँको पानीपुरी किन्दा ३ वटा फ्री ।" त्यसपछी त उसको वरिपरि जहिल्यै नारीहरूको भीड लाग्न थाल्यो ।छोटो समयमा नै मनग्गे पैसा कमाए...