Posts

ह्यापी बर्थडे

Image
हरेक दिन बिहान घाम झुल्किन्छ ; एक नयाँ उर्जा , नयाँ उत्साह , नयाँ प्रेरणाको संचार गर्दै। आज तिम्रो जन्मदिन । मेरो जीवनको सबैभन्दा प्यारो मान्छेको जन्मदिन। कसरी भुल्न सक्थे र यो दिन ? सधैँ एघार बजे सम्ममा निद्रादेवीको काखमा त्वम् शरणम् भैसक्ने म आज भने जागा नै थिएँ तिमीलाइ शुभकामना दिन । तिमीलाइ प्रेम गर्ने अधिकार जो सँग थियो उसैको पहिलो शुभकामनाको पर्खाइमा बसेकी थियौ होली । त्यसैले मलाइ ठीक १२ बजे शुभकामना दिने हिम्मत आएन । १२ बजेर १ मिनेट गएसी पठाए । लामै थियो शुभकामना त । सायद तिमीबाट केवल दुई शब्द मात्र पाउने हैसियतको रहेछु म । पाएँ दुई शब्द "Thank you" मैले तिमीलाइ आफ्नो प्रेम भावना पोखे पश्चात् हाम्रो बोलचाल नै बन्द भएको थियो । मेरो प्रेम भावनालाइ स्वीकार गर्नेछौ भन्ने आशा त पक्कै थिएन तर यति सारो तिरस्कार गर्नेछौ भन्ने त ढुक्कै थिएन। सायद एउटा औपचारिकताको बुँनियादमा हाम्रो सम्बन्ध टिकेको थियो कि ? तिमीले कलेजमै हुँदा कत्ती इग्नोर तिरस्कार गर्थ्यौ । मैले सायद त्यतिबेलै बुझ्नपर्थ्यो क्यारे । भौगोलिक रुपमा टाढिएका त पछी हौँ। तर मनबाट त तिमीले त्यो बेलै टाढा बनाएकी थियौ...

नलेखिएको कथा: भाग २

Image
त्यो जमल घटनाले मेरो सार्है नै मन दुखेको थियो । रिसाउनु र मन दुख्नुमा अन्तर हुँदो रहेछ । रिसाउँदाखेरि गाली गरिन्छ भने मन दुख्दा खेरी मौन बसिँदो रहेछ। म पनि मौन थिए त्यसपछी। ३७ दिनसम्म मैले रुबिनासँग बोलिन। कलेजमा कतिपटक जम्काभेट हुन्थ्यो तर म नदेखेजस्तो गरि जान्थे।तिमी पनि वास्ता गर्दिन थियौ। नजिक भएर पनि कति टाढा भएजस्तो लाग्थ्यौ तिमी। यत्तिकैमा समय बित्दै थियो। १२ कक्षाको साथसाथै हाम्रो +2 नि सकिँदै थियो। मेरो कलेज आउने क्रम पातलिँदै थियो। कलेजको अन्तिम दिन थियो। म त्यो दिन कलेज आएको थिइन। कलेजको आखिरी दिन रुबिनालाइ देखेर म कस्तो रियाक्ट गर्थे होला आफैलाइ थाहा थिएन। म गैन त्यो दिन। त्यो दिन मलाई एकजना मेरो घनिष्ठ साथीको मेसेज आयो अनि यस्तो च्याट भयो । "ओए! तँ किन रुबिनासँग बोल्न छोडेको?" "मलाइ एकदमै तिरस्कार गर्ने मान्छेसँग म किन बोल्नु र?" "बोल थपक्क ! आज कस्तो रोएकी थिइ तँ बोल्दिनस रे भन्दै।" एकछिन मनमा एउटा तरङ्गको सिर्जना भयो तर केही नभए जसरी जवाफ फर्काएँ "रुनु त्यस्को चटक। She is a manipulative bitch." म भन्न एकथोक भनिरहेको थिएँ तर तिम...

नलेखिएको कथा : भाग १

Image
"आज मलाइ तिम्रो नेपाली कापी देउ न ल ।" "नाइँ मेरो होमवर्क बुझाउनु छ।" "प्लीज देउ न के ।" सयपत्री झैँ ढकमक्क फक्रेका ती आँखा जब रसाएर कुरा गर्दथे , लाग्थ्यो कि त्यस आँखाको नमीको प्रत्येक कणहरूम स्वयं मोहिनी नाच्दै मलाइ ललायित पार्दैछिन । भोलिपल्ट कापी बुझाउनु थियो तर मन बुझाएको मान्छेले नै माग गरेपछी बिचरो कापी पनि उतै जान उत्साहित बन्दो रहेछ । चार वर्ष भएको थियो , हामीले एक-अर्कालाइ चिनेको । बिछट्टै मिल्थ्यौँ हामी । बाझ्न पनि निक्कै बाझ्थ्यौँ। देख्नेले नि भन्ने गर्दथे "कस्तो कुकुर र बिराला जसरी बाझेका।" तर झगडा गर्नमा नि बडो आनन्द लाग्दथ्यो। अक्सर बोल्ने क्रममा उसको डटपेन टोक्ने बानी थियो । त्यो बानी मलाइ सारै मन पर्दथ्यो । हातमा डटपेन घुमाउँदै बोल्दा म कत्तिखेर उसको डटपेन खस्छ भन्ने प्रतीक्षामा बसेको हुन्थे । कतिखेर डटपेन खस्नेछ अनि उसले भन्नेछे ," प्रसन्न , त्यो डटपेन टिप्देउ न ।" म बडो उत्साहित हुँदै डटपेन टिप्दथेँ । हातमा दिदाँ उ मुसुक्क मुस्कुराउँदथी अनि भुतुक्क लजाएर म लुसुक्क आफ्नो नजर लुकाउँदथे । तिमी अर्थात मेरो जिन्दगीको त्...

फ्री ! फ्री !! फ्री !!!

Image
फ्री ! फ्री !! फ्री !!! आजको समयमा अमृतवाणीका रूपमा स्थापित शब्द हो "फ्री" अर्थात " सित्तैमा" । वर्तमान युगमा त "फ्री" कुनै एकशब्दे दर्शनभन्दा कम छैन । सत्ययुगमा सत्य , त्रेतामा राम , द्वापरमा कृष्ण भनेझैँ कलियुगका आदर्श हुन "फ्री" जि ।फ्री महात्मयको सुरुवात भएको धेरै छैन । एकदिनको कुरा हो एउटा मनुवाले ब्रह्माजीको तपस्या गरेछ । प्रसन्न भएर ब्रह्माजी प्रकट हुनुभएछ र वरदान माग्न आज्ञा गर्नुभएछ । मनुवाले बिन्ती बिसाएछ," हे प्रभु ! मलाइ मन र धन दुवैको आवश्यकता छ ।पैसा कमाएर म एउटी राम्री केटी बिहे गर्न चाहन्छु । मलाइ यो गरिबपना र सिङ्गलपनाबाट मुक्त हुने निदान बताइदिनुहोस न।" ब्रह्माजीले आज्ञा गर्नुभएछ "हे बालक! तिमी आजैबाट "फ्री" देवको नाम आफ्नो जीवनमा प्रयोग गर्न थाल । तिमीलाइ लक्ष्मी र नारी दुबै प्रदान हुनेछन् ।" नभन्दै त्यो मनुवाले भोलिपल्टै पानीपुरीको पसल खोलेछ अनि भनेछ " २० रुपैयाँको पानीपुरी किन्दा ३ वटा फ्री ।" त्यसपछी त उसको वरिपरि जहिल्यै नारीहरूको भीड लाग्न थाल्यो ।छोटो समयमा नै मनग्गे पैसा कमाए...

म तिमीलाई प्रेम गर्न सक्दिन

Image
 दूध खाँदा ओठ जलेको मान्छेले मोहि खाँदा फू-फू गरेर खान्छ रे । अहँ मान्दिन म त यो कुरा । दुधले ओठ जलेको मान्छेले त तातो तेल खाने आँट गर्दो रहेछ । यस्तै हुँदो रहेछ हाम्रो मन पनि । सारै अटेरि ; भनेको त कहिल्यै नसुन्ने । अलिकती मिठास भेट्यो कि चिप्लिहाल्ने । चाहना राख्दछ मनले , त्यसको फल भोग्नुपर्दछ आँखाले । यो कस्तो न्याय बिधाताको ? सायद कलियुग भनेकै यहि हो । कर्म आफ्नो , दण्ड अर्काको। बिरक्त लागेर आउँछ । प्रेम एक अभिशाप जस्तो लाग्दछ । म त एक लेखक हुँ ; एक साधारण लेखक । बैँसालु भएर के भयो र ? ममा त्यो बैँसको मात चढेको छैन । हजारौँ पाउडर र नक्कल धसेर हिँड्ने उमेरमा म आफ्नो मैलो कालो टोपी लगाएर हिँडछु । कत्तिले पाखे भन्छन त कत्तिले बाजे । उनिहरु मलाइ हेरेर हाँस्छन । म उनिहरुलाइ हेरेर मुस्कुराउँछु । पिज्जा र बर्गरको युगमा म सिस्नु र गुन्द्रुकमा रमाउँदछु । डिस्को र डिजेको जमानामा म मादल र सारङ्गिको धुन रुचाउँछु । ५०० र १००० को नोट केराको बोक्रा जसरी फाल्ने समयमा म ५० रुपैँयाको मोमो लिँदा  नि उछिट्टिएला कि भनी डराइ-डराइ खान्छु । हास्यपात्र छु म यस समाजकालागि । मैले मन पराएको ह...

Sprite देखि Spirit सम्म (PART 2)

Image
भाग:२ मुसलधारे पानी, बादलहरुको गड्याङगुडुङ ; हैन हौ मैले प्रपोज गर्ने बेलामा पुरै बाजा बजाएर मौसमले मलाइ जिस्काइरहेको थियो। रिसोर्टको गेटमा लगेर सिटि सफारीले रोकायो।म भाडा तिरेर ओर्लिए। अनितालाइ फोन गर्नुपर्यो भनेर मोबाइल निकाले । यत्तिकैमा मेरो काँधमा एउटा न्यानो स्पर्श पर्यो ।फर्केर हेरे अनिता रहिछिन। अलिकती खैरो पारेको कपाल , आँखामा पातलो गाजल अनि ओठमा रातो लिपिस्टिक । सेतो Tops अनि कालो जिन्स ; बिछट्टै राम्री देखिएकी थिइन।मलाइ आफुमाथी मदहोस बनाउने पुरै तयारी गरेर आएकी थिइन। म सङ्ग नाता जोड्न उनी छाता बोकेर आएकी थिइन , त्यो झरीमा। "जाने हैन भित्र।"उनको आवाजले मेरो कानलाइ रोमान्चित बनायो ।"जाऔँ न त" मैले भने । अनि हामी दुबै भित्र गयौँ । पनि परेर अलिक चिसो चिसो भएको थियो। हामिले कफि मगायौँ । कफिको चुस्की लिँदै हामी गफ गर्न थाल्यौँ।मलाइ भने कतिखेर आफ्नो मनको कुरा पोखौँ भन्ने काउकुती लागिरहेको थियो। मलाइ कस्तो कस्तो भैरहेको थियो। थाम्नै नसकेर मैले अनितालाइ भने " अनिता ! तिमीसङ्ग एउटा कुरा गर्नु थियो ।" "के कुरा ? भनन" मुसुक्क मुस्कुराउँदै...

Sprite देखि Spirit सम्म (PART 1)

Image
भाग १ समाजमा बस्ने सामाजिक प्राणीको रूपमा परिचित हामी मानवको जीवन वास्तवमा एक किताब हो , जसको प्रत्येक पाना नपढीकन विश्लेषण गर्नु अत्युक्ति हुनेछ ।जीवनका प्रत्येक मोडहरुबाट शिक्षा पाइन्छ जसले अघि बढ्नमा प्रेरणा दिने गर्दछ । यस्तै एउटा शिक्षा दिने तत्व हो " प्रेम " । कसरी भुल्न सक्छु र म त्यो दिन , जब मैले पनि आफ्नो जीवनमा प्रेमको शिक्षा आर्जन गरेको थिएँ। एउटा नयाँ रङ्गको सुरुवात भएको थियो । त्यतिखेर म कक्षा ९ मा पढ्थे । साइकलमा स्कुल आयो अनि पढेर घर गयो । सादा जीवन थियो। एउटा यन्त्र जस्तो जीवन जो केवल मस्तिष्कको अधीनमा थियो। आफ्नो मन त कहाँ छ थाह पनि थिएन । खोज्ने कहिल्यै सोच पनि आएन । " मन " विहिन भएता पनि बाँच्न त सकेकै थिए । सधैँजस्तै त्यो दिन पनि स्कुल छुट्टी हुनेबित्तिकै म घर जाने तर्खरमा थिएँ। हुन त स्कुलको उत्तरी गेटबाट जाने म , त्यो दिन पश्चिमको गेटबाट जान मनलाग्यो। गर्मीको मौसम , था...