भाग:२
मुसलधारे पानी, बादलहरुको गड्याङगुडुङ ; हैन हौ मैले प्रपोज गर्ने बेलामा पुरै बाजा बजाएर मौसमले मलाइ जिस्काइरहेको थियो। रिसोर्टको गेटमा लगेर सिटि सफारीले रोकायो।म भाडा तिरेर ओर्लिए। अनितालाइ फोन गर्नुपर्यो भनेर मोबाइल निकाले । यत्तिकैमा मेरो काँधमा एउटा न्यानो स्पर्श पर्यो ।फर्केर हेरे अनिता रहिछिन। अलिकती खैरो पारेको कपाल , आँखामा पातलो गाजल अनि ओठमा रातो लिपिस्टिक । सेतो Tops अनि कालो जिन्स ; बिछट्टै राम्री देखिएकी थिइन।मलाइ आफुमाथी मदहोस बनाउने पुरै तयारी गरेर आएकी थिइन। म सङ्ग नाता जोड्न उनी छाता बोकेर आएकी थिइन , त्यो झरीमा।
"जाने हैन भित्र।"उनको आवाजले मेरो कानलाइ रोमान्चित बनायो ।"जाऔँ न त" मैले भने । अनि हामी दुबै भित्र गयौँ । पनि परेर अलिक चिसो चिसो भएको थियो। हामिले कफि मगायौँ । कफिको चुस्की लिँदै हामी गफ गर्न थाल्यौँ।मलाइ भने कतिखेर आफ्नो मनको कुरा पोखौँ भन्ने काउकुती लागिरहेको थियो। मलाइ कस्तो कस्तो भैरहेको थियो। थाम्नै नसकेर मैले अनितालाइ भने
" अनिता ! तिमीसङ्ग एउटा कुरा गर्नु थियो ।"
"के कुरा ? भनन" मुसुक्क मुस्कुराउँदै उनले भनिन
"कस्तो डर लागिरहेको छ भन्न।"
उनले मेरो हात समाइन अनि भनिन " तिमी मेरो बेस्ट फ्रेन्ड हैनौँ।नडराइ भनन। "
अलिकती हिम्मत त आयो। तर त्यहाँ क्याफेमा भन्न असजिलो लाग्यो त्यसैले परतिरको पोखरी किनारमा जाऔँ भने । उनले हुन्छ भनिन्। पोखरी किनारमा पुगेपछी मैले ल्याएको रोज निकाले अनि भनेँ " अनिता, म तिमिलाइ मनपराउँछु । आई लभ यु।" अनिताले रोज लिइन् तर अलिक रिसाएको जस्तो गरिन्। म अलिक डराएँ पनि । कतै मित्रता पनि गुमाउँछु कि जस्तो लाग्यो। उनको आँखामा हेर्ने आँट आएन ।म आँखा झुकाएर भुइँतिर हेरिरहे । एक अपराधी झैँ म उनको अगाडि उभिएको थिएँ।उनी मेरो नजिक आइन् । पक्कै पनि गाला चड्काउँछिन जस्तो लाग्यो। तर उनले त मेरो गालामा चुम्मा पो गरिन् । "भनिरहनु पर्छ र तिमीले " भन्दै उनले मेरो काँधमा हात राखिन् । मैले आफ्नो भावना थाम्नै सकिन । उनलाइ मैले झ्याप्पै अङ्गालो मारे । खुशीले आँखाबाट दुई थोपा आँसु नि खसे। उनको आलिङ्गनमा बाँधिएपछि त एउटा नयाँ जीवन पाए जस्तै लाग्यो। अलिक बेरसम्म अङ्गालोमा बेरियौँ हामी । अनि मैले आफ्नो हात उसको दुबै गालामा राखेर निधारमा चुमेँ अनि भनेँ," आइ विल लभ यु फरएभर।" अनि फेरि हामी अङालोमा कसियौँ ।
तर यो मिलन धेरै लामो हुन पाएन । मेरो SLC को रिजल्ट आउने बेला भैसकेको थियो । उच्च शिक्षा हासिल गर्नका लागि मेरो काठमाडौ जाने सोच थियो। हुन त आफ्नी प्राण-प्यारीलाई छाडेर जाने कहाँ मन थियो र ? तर आफ्नो करियर बनाउन मैले त्याग गर्नैपर्ने थियो । आखिर मैले काठमाडौ जाने निस्चित गरे । जाने दिन म उर्लाबारी गएर उसलाइ भेटें। हामी दुबैजनाका आँखा रसाएका थिए। केही समयसम्म हामी एक-अर्काको आलिङ्गनमा बाँधिएर बस्यौँ। बोल्नलाइ केही शब्द थिएन । त्यो पल हामी एक-अर्का सङ्ग बोलिरहेका थिएनौं । हाम्रा चिसिएका आँखाहरुले नै सम्पुर्ण संवाद बोलिरहेको थियो । उनी सुँक्क-सुँक्क गर्दै थिइन्। उनको आँखामा देखिएको आँसुले मलाइ कमजोर बनाउँदै थियो।केही आनन्दका पल अनि केही आँसु यस्तै थियो।हामी बिच भौगोलिक दुरि मात्र बढेको थियो । मुटुका त हामी धेरै नजिक थियौँ। आखिर असिनाको चोट नखाइकन फूलको हाँगा कहाँ बलियो बन्छ र ? त्यसरी नै बियोगको पीडा नसही यो प्रेम बलियो बन्दैन । यहि भन्दै मुटुमा ढुङ्गा राखी मैले उ सङ्ग बिदा मागे ।
काठमाडौमा आएपछी त मलाइ उसको यादले धेरै सताउन थाल्यो। म उसलाइ दिनैपिच्छे फोन गर्दथे । लामा लामा कुराकानी हुन्थे। अजिङ्गरको आहारा दैवले जुटाउँछ भनेझैं त्यही बेला Ncell को ५० मिनेट टकटाइम अनि ५०० वटा एसेमेस फ्री अफर आयो ।के खोज्छस कानो? आँखा जस्तै भयो । दिनभरी उसैलाइ एसेमेस गरेर बस्दथे। यो दुरिले गर्दा मेरो माया पनि धेरै बढेको थियो। उसका चुलबुले कुराहरु सुन्दा मन पनि फुरुक्क बनेर आउँदथ्यो । उसको मायाको अनन्त गहिराइमा म डुबिरहेको थिएँ । हुन पनि हो नि त । मन र मस्तिष्कनै अर्काको कब्जामा भएपछी डुब्नु त स्वाभाविक नै थियो। तर बेवकुफी नै थियो भनेर जान्न चहिँ गार्हो ।
यो प्रेमको नशा पनि अजिब हुँदो रहेछ । म त्यो नशालाई महसुस गरिरहेको थिएँ । बेग्लै अनुभव अनि बेग्लै आनन्द थियो। भगवानले पनि अनितालाइ मेरै लागि बनाएजस्तै लाग्थ्यो। शारीरिक एवं मानसिक दुबै रुपले हामी एकअर्काका नजिक थियौँ। हुन त उनी म भन्दा ३ बर्ष जेठी थिइन् तर के गर्नु त ? मन जवान भएपछी त उमेरले के नै पो गर्छ र । कहिलेकाही सोच्दथे "अरे यार ! म त एउटा चोर सङ्ग प्रेम गरिरहेको छु , जसले मेरो मुटु चोरेर लगेकी छे । मलाइ आफ्नो अधीनमा राखेकी छे। उसको गुलाम बनाएकी छे।" तर यो प्रेमको नशाले मलाइ यत्ती लठ्याएको थियो कि म हाँसी-हाँसी उसको गुलामी स्विकार गरिरहेको थिए। उसको अधिनतालाई आत्मसात् गरिरहेको थिएँ । मेरो मन-मस्तिष्ककि मल्लिका अनिता जो सङ्ग म आफ्नो सम्पुर्ण जिन्दगी बिताउने सपना लिएर बसेको थिएं। मलाइ के थाहा ? कि वास्तवमा उसले मलाइ आफ्नो मोहर बनाइरहेकी रहिछे । उसले मेरो भावना सङ्ग खेलिरहेकी रहिछे ।तर जब मैले यी कुराहरु थाहा पाएँ , त्यतिखेर निकै ढिला भैसकेको थियो ।
कसरी भुल्न सक्छु र म त्यो दिन ? साँझको ५:३० बजेको थियो । मैले अनितालाई मेसेज गरे। निकै बेर कुरे तर रिप्लाई आएन । किन रिप्लाइ नगरेको होला भनेर मैले उसलाइ फोन गरे तर उसको फोन स्विच अफ आयो । सायद ब्याट्री सकियो होला भनेर फोन गरिन । भोलिपल्ट , पर्सिपल्ट मैले फोन गरिरहें तर सिर्फ एउटै आवाज आइरहेको थियो " तपाईंले सम्पर्क गर्नखोज्नुभएको मोबाइलको स्विच अफ गरिएको छ।" फेसबूक खोलेर हेरे उसको नामको सट्टामा "Facebook User" भनेर देखायो। म छक्क परेँ । मनमा चिसो पस्यो। कतै उसलाइ केही त भएन ? मनमा असंख्य सवालहरुको जन्म भैरहेको थियो।मनमा छट्पटी जागिरहेको थियो । दिनको चैन र रातको निद्रा दुबै हटेको थियो। उसलाइ फोन गर्ने अनेक प्रयास गरे तर सब बिफल । आखिर केही सीप नलागेर मैले स्नेहालाई फोन गरे ।
स्नेहा अनिताकी कलेजमा सङ्गै पढ्ने साथी थिइ। स्नेहा र अनिता निकै मिल्ने साथी थिए। मेरो स्नेहासङ्ग राम्रो चिनजान थियो । मैले अनितालाइ मनपराउँछु भन्ने कुरा उसलाइ मजाले थाह थियो । उसले मलाइ अनिताको हालखबर सुनाउँथि। मेरो प्रिय एवं बिस्वस्निय साथी थिइ स्नेहा ।
हतार-हतार गर्दै मैले स्नेहालाई फोन गरे । उसले फोन उठाउनासाथ मेरो प्रस्नवर्षा सुरु भयो, "अनितालाई के भयो ? किन फोन नउठाकी ? के भयो? बिसन्चो त छैन ?" जसरी एउटा सानो बच्चा आफ्नी आमासङ्ग किलकिले स्वरमा रुन खोजेझैँ बोल्छ , त्यसरी नै म बोलिरहेको थिए । अनि स्नेहाले भनी, "तिम्रो भाग्यमा अनितासङ्गको साथ छैन होला यार । अनिता अर्कैलाइ प्रेम गर्दछे । तिमिसङ्ग प्ले गरि अनिताले।" म छाँगाबाट खसेझैँ भए । जो ब्यक्तीलाई म आफ्नो प्राणभन्दा बढी माया गर्दथे , उसैले म सङ्ग एउटा खेल खेलेकी रहिछे जहाँ मेरो भावना पिल्सिएको थियो , रेटिएको थियो। मैले पूरा वृत्तान्त जान्न चाहे । स्नेहाले भनी , "सबै कुरा त म जान्दिन तर जति म जान्दछु त्यति म अवस्य बताउनेछु ।" म आतुर थिए सुन्नका लागि ।उसले भन्न थाली , " कुरो धेरै पुरानो होइन । एक बर्ष अगाडिको हो । हाम्रो कलेजमा एउटा नयाँ केटोले हाम्रो क्लासमा प्रवेस गर्यो । एकदमै स्टाइल र पैसा भएको केटो जस्तो लाग्थ्यो । उसको नाम रुपक थियो । अनिताले पहिलो भेटमै उसलाइ चाहन थालेकी थिइ । तर रुपकले उसको प्रपोज स्वीकार गर्छ भन्ने थिएन । सम्पुर्ण कलेजका केटिहरु उसको पछि थिए ।तर सायद उसले पनि अनितालाई मन्पराउँथ्यो । रुपकले अनिताको मोबाइलमा रिचार्ज हाल्ने देखि लिएर उसको खाजा खर्च उठाइदिन्थ्यो । त्यसैले अनिताले तिमीसङ्ग कहिल्यै पैसा मागीन। तिम्रो सामु बगाएका प्रत्येक आँसु र भाव नक्कली थियो । एउटा झुट थियो । हिजो मात्र रुपकले प्रपोज गर्यो अनितालाइ । अनि अब उसले तिमिलाइ बिर्सी । तिमिले मेसेज वा फोन गर्छौ अनि उसको सम्बन्ध बिग्रन्छ भनेर तिम्रो नम्बर ब्लक लिस्टमा राखेकी छे । फेसबूकमा पनि तिमी ब्लक्ड छौ ।अब तिमी उसको जिन्दगीको एउटा पुरानो ईतिहास मात्र हौ ।अनिता नि यहिँ छे ।उसले भनेकी तिमी अब कहिल्यै उसको अगाडि नपर रे ।" मैले मलिन स्वर म उसलाइ भने "एकचोटि अनितालाई फोन देउ त।" अनिताले फोन लिइ । मैले केही भन्नुभन्दा अगाडि नै उसको आवाज गुन्जियो " गेट लस्ट फरेवर इडियट ।" अनि फोन काटियो ।

अचम्म लाग्यो । जसको तस्वीर हेरेर मेरो प्रत्येक सुरु हुन्थ्यो , जसको बोली सुनेर ममा उर्जाको सन्चार हुन्थ्यो, जसको नाम पुकार्दै मेरो हृदयको प्रत्येक धड्कन धड्किन्थ्यो मलाइ आज उसैले टाढा बनाएकी थिइ । मलाइ अधुरो बनाएकी थिइ । मेरो प्रेमलाई अधुरो बनाएकी थिइ । मेरो भावनालाई उसले लात मारेकी थिइ । तर यो बेव्कुफ मन , अझै पनि उसलाइ निस्ठुरी भन्न सक्दैन । आखिर किन? मेरा प्रत्येक श्वासले केवल एउटै नाम पुकारेको हुन्छ "अनिता , अनिता र केवल अनिता" । उसले मलाइ धोका दिएता पनि मलाइ भने किन उसैको मात्र माया लाग्छ ? म किन आफुलाइ उ बाट टाढा गर्न सक्दिन। मैले त निस्वार्थ प्रेम गरेको थिएँ त । आखिर किन मलाइ यस्तो गरेको ? मेरा निम्ति ती आँसुहरु बगाएर के जताउन खोजेको? आखिर म पनि त एउटा मानिस न हुँ । जब प्रेम थिएन त त्यो नाटक किन ? मलाइ भयंकर पीडा भैरहेको थियो । असंख्य प्रश्नहरुले मनमा तान्डव मचाइरहेको थियो। आफ्नो मन-मस्तिष्क उसलाइ समर्पित गरेर गुलामी स्विकार गर्ने म गुलामको भावनाको कहाँ कदर हुन्छ र ? उनले मलाइ थुकुन , लात मारुन या जती नै पीडा नै किन दिउन, म सहन बाध्य थिएँ । आखिर आफ्नो मुटुकि मल्लिकाको बिद्रोह गर्ने सामर्थ्य नि छैन । आखिर एउटा जिउँदो लास बनाएर गैइ अनिता । कहिल्यै नभेट्ने बाचा गर्दै ।
Comments
Post a Comment