Sprite देखि Spirit सम्म (PART 1)

भाग
समाजमा बस्ने सामाजिक प्राणीको रूपमा परिचित हामी मानवको जीवन वास्तवमा एक किताब हो , जसको प्रत्येक पाना नपढीकन विश्लेषण गर्नु अत्युक्ति हुनेछ ।जीवनका प्रत्येक मोडहरुबाट शिक्षा पाइन्छ जसले अघि बढ्नमा प्रेरणा दिने गर्दछ यस्तै एउटा शिक्षा दिने तत्व हो "प्रेम"
कसरी भुल्न सक्छु त्यो दिन , जब मैले पनि आफ्नो जीवनमा प्रेमको शिक्षा आर्जन गरेको थिएँ। एउटा नयाँ रङ्गको सुरुवात भएको थियो त्यतिखेर कक्षा मा पढ्थे साइकलमा स्कुल आयो अनि पढेर घर गयो सादा जीवन थियो। एउटा यन्त्र जस्तो जीवन जो केवल मस्तिष्कको अधीनमा थियो। आफ्नो मन कहाँ थाह पनि थिएन खोज्ने कहिल्यै सोच पनि आएन "मन"विहिन भएता पनि बाँच्न सकेकै थिए
सधैँजस्तै त्यो दिन पनि स्कुल छुट्टी हुनेबित्तिकै घर जाने तर्खरमा थिएँ। हुन स्कुलको उत्तरी गेटबाट जाने , त्यो दिन पश्चिमको गेटबाट जान मनलाग्यो। गर्मीको मौसम , थाकिएको अवस्था , मलाइ चिसो खान मनलाग्यो अलिक परको दोकानमा गएर Sprite अर्डर गरे अन्जान थिएँ कि यो Sprite ले जीवनमा प्रेमरङ्ग को वर्षा गराइदिनेछ
एकछिनपछि मेरै स्कुलका दुई केटिहरु रहेकै दोकान तर्फ आए अनि Sprite मागे ओपनर मेरै छेउमा थियो ती मध्ये एउटि केटि नजिकै आइ अनि त्यो ओपेनरले बिर्को निकाल्न खोजी उसको कपालबाट मगमग बास्ना आइरहेको थियो ।मलाइ त्यो बास्नाले घेरीरहेको थियो उसले बिर्को खोल्न अलिक बल लगाउन खोजी अनि त्यो बिर्कोले मलाइ लाग्यो। स्प्राइट पनि ममाथी पोखियो जुरुक्कै उठेँ अनि मात्र मेरो नजर उसको अनुहारमा पुग्यो ।ती गुच्चा जस्ता आँखाले मलाइ क्षमाको भावमा हेरिरहेका थिए। ती गुलाबका पात जस्ता ओठहरुबाट "सरि" भन्दै निक्लिएका प्रत्येक शब्दले मलाइ रोमान्चित गरिरहेको थियो पनि कस्तो अभद्र , उनलाइ हेरि मात्र रहे उनको आँखाबाट ध्यान हट्दै हटेन केही बोल्नै सकिन , मुर्ती समान रहे सरि भन्दै उनी गइन , स्प्राइटले भिजाएर स्प्राइटले मात्र भिजाएको भए हुने नि उनले मलाइ आफ्नो प्रेममा भिजाइसकिछिन मेरो मन चोरेर लगिछिन , मेरो वशिकरण गरिछिन मलाइ थाहै नदिइकन
अर्को दिन जब स्कुल गएँ , मेरा आँखाहरु खै किन हो कसैलाइ खोजेजस्तो गर्न थाले प्रार्थनास्थलमा उनलाइ खोजीरहे , अहँ देखिन त्यसदिन क्लासमा पनि खासै ध्यान गएन कता कता हराएजस्तो महसुस गरेँ टिफिनमा सार्है भोक लागेको अनुभव भयो , उनलाइ देख्ने भोक , बोल्ने भोक तर अहँ मेरो भोक मेटिएन ।म छटपटी रहेको थिएँ जसको मलाइ नाम पनि थाह छैन , उसैको लागि किन हो तड्पिरहेको थिएँ
अर्को दिन टिफिनमा मैले उनलाइ देखे नोटिसबोर्डमा टाँसेको Wall मगजिने पढ्दै थिइन उनी ।म टुकुटुकु उनको पछाडि उभिए आहा उसको केशबाट सार्है मीठो बास्ना आइरहेको थियो। बोल्न चाहन्थे तर अहँ मलाइ आँट नै आएन। यत्तिकैमा उसको क्लासमै पढ्ने एउटा केटो आयो अनि उनको टाउकोमा प्याट्ट हिर्कायो। सालेलाई अनुहार कुच्चिने गरि दिउँ लाग्यो सुरुमा उनले केही प्रतिक्रिया दिएकी थिइनन तर जब दोस्रो चोटि पनि उसले त्यसै गरि हिर्कायो, उनले फनक्क फर्केर कुट्न खोजिन उनको पछि थिएँ ।अचानक मेरो गालाले उनको कोमल हातको स्पर्श पायो , "थप्पड"को रुपमा
आहा ! मलाइ उनको हातको थप्पड निकै मीठो लाग्यो सधैँभरी यसरि नै कुटिरहनु नि जस्तो मनले चाह राख्यो। " दुख्यो होला है "भन्दै उनले मेरो गाला सुम्सुम्याइन् मन मलाइ पनि थियो उनको गाला सुम्सुम्याउन , उनका केशमा आफ्ना औँलाहरु डुलाउन हात मैले पनि लम्काइसकेको थिएँ ।यत्तिकैमा टिफिन सकिएको घन्टी बज्यो सायद मेरो मनमा पनि उनको मायाको घन्टी बजिसकेको थियो। उनलाइ हेर्दैमा यति ब्यस्त रहेँ कि सरि पछि केके भनिन् , पत्तै भएन उनको आँखाका ती निस्चल भावहरुले मलाइ झन-झन उनीप्रती आकर्षित गर्न थाल्यो ।म उनलाइ देखेर रमाउन थालेँ खै किन हो बिनाकारण मुस्कुराउनु थाले। उनको हातको न्यानो थप्पडले आफ्नोपनको आभास दिलायो। अरे! थप्पड खाँदा गालामा छाप परे भैहाल्थ्यो नि मुटुमै छाप पार्ने गरि हान्नुहुन्थ्यो   बिचरो मेरो मुटु !!
"अनिता , यता आइज " यो वाक्यले मेरो ध्यान खिच्यो पछाडि फर्केर हेरेँ , उनी पो रहिछिन उनको नाम अनिता रहेछ साथिहरुसङ्ग हाँस्दै , नक्कल पार्दै हिडिँरहेकी थिइ मेरि अनिता। मुटुले उनलाइ मेरि भन्न थालिसकेछ।
उनले मलाइ देखिन् अनि मेरो छेउमा आएर "हाई " भनिन ।ती गुलाबी ओठहरुको हलचलबाट निक्लिएको तातो बाफले मलाइ गर्मीमा शितलताको आभास दिलाइरहेको थियो मैले पनि " हाई "भन्दै आफ्नो मित्रताको हात अघि बढाए। हामी दुवैले हात मिलायौँ। मन पनि मिलिदिएको भए सुनमा सुगन्धै हुन्थ्यो नि यो बेचैन मनले त्यसै भन्दै थियो
अनि त्यसपछि उनीसङ्ग भेट्नु दैनिकी जस्तै भयो। उनको मुस्कुराहटले मनमा तरङ्ग उत्पन्न गराइदिन्थ्यो। स्कुल छुट्टी  भएपछी उनीसङ्गै जाने गर्दथे ।उनको घर बरगाछी तिर थियो त्यो बाटो मेरो लागि अलिक लामो भएता पनि उसको साथले छोट्याइदिने गर्दथ्यो ।म रमाइला कुरा गरेर उसलाइ हँसाउने प्रयास गर्दथे उनको मुहारमा हाँसो ल्याउँदा मेरो मन त्यसै खुशी बन्ने गर्दथ्यो उनीसङ्ग जीवन बिताउन पाए सधैँभरी त्यसरी नै हँसाएर राख्ने थिए जहिल्यै सपनामा आएर सताउने अनिताले जिन्दगी भरी सताइदिए नि हुन्थ्यो नि जिस्किदैँ कहिलेकाहिँ प्याट्ट हिर्काउने उनीले माया गरि त्यसरी नै सधैँ हिर्काए हुने नि मेरो मन यस्तै सोच्थ्यो बेवकुफ मन
मलाइ उनले मोहनी लगाइसकेकी थिइन् उनको रुप मात्र सुन्दर थिएन ,उनको व्यबहार पनि उत्तिकै सुन्दर थियो ।कति मीठो गाउने गर्दथिन उनी ।उनैलाइ अनुकरण गर्दै , मैले पनि गाउन सुरु गरे क्लासमा गाउने गर्दथे उसैको कल्पनामा हराउँथे ।हाम्रो Optional Mathsको क्लास अर्कै कोठामा हुन्थ्यो ।त्यसमा जहिल्यै देब्रेपट्टीको पहिलो बेन्चमा बस्दथे। उनी पनि आफ्नो क्लासकै पहिलो बेन्चमा बस्ने गर्दथिइन ।हामी एक-अर्कालाइ देख्दथ्यौँ , ईशारा गर्थ्यौँ अनि मुस्कुराउने गर्दथ्यौँ ।त्यही एउटा क्लास हुन्थ्यो दिनमा जब पुरै क्लास उनलाइ आफ्नो आँखा सामु देखिरहन सक्दथे तर कोहि बेला चाहिँ सरले ढोका लगाइदिनुन्थ्यो। कस्तो निस्ठुरी सर हुनुहुन्छ ? यहि लाग्थ्यो
उनी मेरो निकै नजिक बनिसकेकी थिइन्। मेरो जीवनमा एउटा अमिट अध्याय लेखीसकेकी थिइन्। मुटुमा अमिट छाप छाडेकी थिइन् ।समय कति छिटो बित्दो रहेछ हामिले चालै नपाएका उनको स्कुल सकिने बेला भैसकेको थियो। पनि SLC कै पर्खाइमा थिए। फेयरवेलको दिन उनी सबै सरहरुसङ्ग फोटो खिच्दै थिइन् ।म उनलाइ हेरिरहेको थिएँ।भोलिपल्ट देखि सबैकुरा बदलिँदै थियो ।दिनैपिच्छे उनीलाई देख्न पाउन्न थिएँ मेरो अगाडि अनिता हुनेछैन भोलिपल्ट देखि , हुने केवल उनले छोडेका ती मिठा यादहरु जसले मलाइ सताउनेछ्न अनि तड्पाउनेछन। सोचेजस्तै भयो भोलिपल्ट देखि। उनलाइ नदेख्दा विचलित हुनु थालेँ। उनको कमि खट्किरह्यो उनी आउँदिनन थिइन् तर आफ्ना यादहरुलाइ पठाइरहन्थिन , मलाइ सताउन उनको सताउने बानी जो थियो
उनकै प्रेम यादहरुको सगरमाथा बन्दै थियो मेरो मनमा। कहाँ गएर पग्लिने हो यो ? थाह थिएन यो मुटुको भर पनि छैन भावनामा जतापाए तेतै बग्ने गर्दछ। बरु यो भावनालाई अनिता कै सामु पोख्नु उचित लाग्यो। SLC पनि भर्खरै सकेको थिएँ उसलाइ फोन गरेर घुम्न जाऔँ भने उनले पनि हुन्छ भनिन् ।उनी बिराटनगर थिइन् ।मैले उनलाइ इटहरीको गोकुलम रिसोर्ट बोलाएँ ।उनी राजी भैइन् १६०० जनाको प्रेमी कृष्णको जन्मभुमी गोकुलबाट नामाकरण भएको त्यो रिसोर्टमा मेरि एउटि प्रेमिका अनिता किन राजी नहोली ? यहि सोच लिएर लागे इटहरीको "गोकुलम रिसोर्ट" जो मेरो प्रेम-प्रस्तावको साक्षी बन्न गैइरहेको थियो
क्रमशः ..................

Comments

Popular posts from this blog

नलेखिएको कथा: भाग २