प्रजातान्त्रिक सपना
लौ न नि हजुर ! के भयो यो। अचानक एउटा चिल्लो सडक कुदेर पो आयो त । अरे! वरिपरिका घरहरुलाई के भए ? सबै आकासलाई चुम्न उद्यत भएका छन त। अरे! पल्लो सडकमा त ट्रेन पो छ त । मिनि प्लेन पनि छ त ।अन्डरग्राउन्ड बाटो पनि छ त । लौ साइकल र प्लेन त छैन त ।सबै कारमा। हेलिकप्टर नभाको त घरै छैन ।गल्ली-गल्ली त चिल्ला सडक पो भएछ त। बैदेसिक रोजगार खोज्दै बिदेसीहरु हाम्रो देशमा आउँन थालेछन ।विश्वमा भएका सबै बिषयहरु यहाँ पढ्न सकिने रछ। २४/७ बिजुली।ट्राफिक न्यूनीकरण गर्न हवाई मार्गको ब्यवस्था।.................... ओहो ! हाम्रा आदर्श राजनेताले भने अनुसार देश बनेछ । Switzerland भन्दा पनि सुन्दर बनेछ । घरघरम ग्याँस , पेट्रोल ,डिजेल ,पानी सबैको पाइप पुगेछ । चारैतिर खुसी नै खुसी। ओहो देशको त मुहार नै फेरिएछ। प्रजातन्त्र, गणतन्त्र , लोकतन्त्र मिलेर बिकासतन्त्र ल्याउन सफल भएछ्न । यो सब देखेर म आनन्दबिभोर भएँ । आँखाबाट खुसीको बाढी झर्न थाले। म खुसीले पागल जसरी उफ्रीन र नाच्न थाले। यत्तिकैमा दाइले पानी छम्किदिनु भो अनि भन्नू भो "भाइ ! कति बेर सम्म सुतेको १० बजिसक्यो त।" म मुसुक्क मुस्कुराएँ । प्रजातन्त्र...