Sprite देखि Spirit सम्म (PART 1)
![Image](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg7Gvx_yg1uSTTyYzbjQKT6TBG05L14_ytvAD20YEK2IQzCGcpu77EC3jk-oBsWAaIdvOMej0L6x9xDYIs7timO_TfyDJsiWaB5n8ySWgd5ABQpMrC5V1bi8ymaQud14Ol8Kv8vzeFxCi4/s640/image-of-rose-18.jpg)
भाग १ समाजमा बस्ने सामाजिक प्राणीको रूपमा परिचित हामी मानवको जीवन वास्तवमा एक किताब हो , जसको प्रत्येक पाना नपढीकन विश्लेषण गर्नु अत्युक्ति हुनेछ ।जीवनका प्रत्येक मोडहरुबाट शिक्षा पाइन्छ जसले अघि बढ्नमा प्रेरणा दिने गर्दछ । यस्तै एउटा शिक्षा दिने तत्व हो " प्रेम " । कसरी भुल्न सक्छु र म त्यो दिन , जब मैले पनि आफ्नो जीवनमा प्रेमको शिक्षा आर्जन गरेको थिएँ। एउटा नयाँ रङ्गको सुरुवात भएको थियो । त्यतिखेर म कक्षा ९ मा पढ्थे । साइकलमा स्कुल आयो अनि पढेर घर गयो । सादा जीवन थियो। एउटा यन्त्र जस्तो जीवन जो केवल मस्तिष्कको अधीनमा थियो। आफ्नो मन त कहाँ छ थाह पनि थिएन । खोज्ने कहिल्यै सोच पनि आएन । " मन " विहिन भएता पनि बाँच्न त सकेकै थिए । सधैँजस्तै त्यो दिन पनि स्कुल छुट्टी हुनेबित्तिकै म घर जाने तर्खरमा थिएँ। हुन त स्कुलको उत्तरी गेटबाट जाने म , त्यो दिन पश्चिमको गेटबाट जान मनलाग्यो। गर्मीको मौसम , था...