ह्यापी बर्थडे
![Image](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgmj_P4MHJkF-LHLFuGf13nYjcu82x9-fFGSNNmqnPAxsdxSERM6jhqZldstTdgIYPBUcYzuH_C7AJ8VtG2xNbnX8xOxmpYt-5Eb2l0luc5TCTZd3fBHw6eiLl5YkHLVsjo4OFSucYJqTc/s640/download+%25281%2529.jpg)
हरेक दिन बिहान घाम झुल्किन्छ ; एक नयाँ उर्जा , नयाँ उत्साह , नयाँ प्रेरणाको संचार गर्दै। आज तिम्रो जन्मदिन । मेरो जीवनको सबैभन्दा प्यारो मान्छेको जन्मदिन। कसरी भुल्न सक्थे र यो दिन ? सधैँ एघार बजे सम्ममा निद्रादेवीको काखमा त्वम् शरणम् भैसक्ने म आज भने जागा नै थिएँ तिमीलाइ शुभकामना दिन । तिमीलाइ प्रेम गर्ने अधिकार जो सँग थियो उसैको पहिलो शुभकामनाको पर्खाइमा बसेकी थियौ होली । त्यसैले मलाइ ठीक १२ बजे शुभकामना दिने हिम्मत आएन । १२ बजेर १ मिनेट गएसी पठाए । लामै थियो शुभकामना त । सायद तिमीबाट केवल दुई शब्द मात्र पाउने हैसियतको रहेछु म । पाएँ दुई शब्द "Thank you" मैले तिमीलाइ आफ्नो प्रेम भावना पोखे पश्चात् हाम्रो बोलचाल नै बन्द भएको थियो । मेरो प्रेम भावनालाइ स्वीकार गर्नेछौ भन्ने आशा त पक्कै थिएन तर यति सारो तिरस्कार गर्नेछौ भन्ने त ढुक्कै थिएन। सायद एउटा औपचारिकताको बुँनियादमा हाम्रो सम्बन्ध टिकेको थियो कि ? तिमीले कलेजमै हुँदा कत्ती इग्नोर तिरस्कार गर्थ्यौ । मैले सायद त्यतिबेलै बुझ्नपर्थ्यो क्यारे । भौगोलिक रुपमा टाढिएका त पछी हौँ। तर मनबाट त तिमीले त्यो बेलै टाढा बनाएकी थियौ...