![Image](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiVfSj3gLV1u_oEbttZd6SK62nF3gzhAa0epmJgi8kqenbGtJZ1uK_ySpY7VpmyAv12T_qoWnltromrTNZ4ER0DXO44Hi4dee_DUslhSRUqtxvwT_37uG-OJFZpdKZ9zRMRmGnEo7fk5DA/s1600/4052381-sad-pictures-of-love.jpg)
म तिमीलाई प्रेम गर्न सक्दिन दूध खाँदा ओठ जलेको मान्छेले मोहि खाँदा फू-फू गरेर खान्छ रे । अहँ मान्दिन म त यो कुरा । दुधले ओठ जलेको मान्छेले त तातो तेल खाने आँट गर्दो रहेछ । यस्तै हुँदो रहेछ हाम्रो मन पनि । सारै अटेरि ; भनेको त कहिल्यै नसुन्ने । अलिकती मिठास भेट्यो कि चिप्लिहाल्ने । चाहना राख्दछ मनले , त्यसको फल भोग्नुपर्दछ आँखाले । यो कस्तो न्याय बिधाताको ? सायद कलियुग भनेकै यहि हो । कर्म आफ्नो , दण्ड अर्काको। बिरक्त लागेर आउँछ । प्रेम एक अभिशाप जस्तो लाग्दछ । म त एक लेखक हुँ ; एक साधारण लेखक । बैँसालु भएर के भयो र ? ममा त्यो बैँसको मात चढेको छैन । हजारौँ पाउडर र नक्कल धसेर हिँड्ने उमेरमा म आफ्नो मैलो कालो टोपी लगाएर हिँडछु । कत्तिले पाखे भन्छन त कत्तिले बाजे । उनिहरु मलाइ हेरेर हाँस्छन । म उनिहरुलाइ हेरेर मुस्कुराउँछु । पिज्जा र बर्गरको युगमा म सिस्नु र गुन्द्रुकमा रमाउँदछु । डिस्को र डिजेको जमानामा म मादल र सारङ्गिको धुन रुचाउँछु । ५०० र १००० को नोट केराको बोक्रा जसरी फाल्ने समयमा म ५० रुपैँयाको मोमो लिँदा नि उछिट्टिएला कि भनी डराइ-डराइ खान्छु । हास्यपात्र छु म...