Posts

Showing posts from 2019

ह्यापी बर्थडे

Image
हरेक दिन बिहान घाम झुल्किन्छ ; एक नयाँ उर्जा , नयाँ उत्साह , नयाँ प्रेरणाको संचार गर्दै। आज तिम्रो जन्मदिन । मेरो जीवनको सबैभन्दा प्यारो मान्छेको जन्मदिन। कसरी भुल्न सक्थे र यो दिन ? सधैँ एघार बजे सम्ममा निद्रादेवीको काखमा त्वम् शरणम् भैसक्ने म आज भने जागा नै थिएँ तिमीलाइ शुभकामना दिन । तिमीलाइ प्रेम गर्ने अधिकार जो सँग थियो उसैको पहिलो शुभकामनाको पर्खाइमा बसेकी थियौ होली । त्यसैले मलाइ ठीक १२ बजे शुभकामना दिने हिम्मत आएन । १२ बजेर १ मिनेट गएसी पठाए । लामै थियो शुभकामना त । सायद तिमीबाट केवल दुई शब्द मात्र पाउने हैसियतको रहेछु म । पाएँ दुई शब्द "Thank you" मैले तिमीलाइ आफ्नो प्रेम भावना पोखे पश्चात् हाम्रो बोलचाल नै बन्द भएको थियो । मेरो प्रेम भावनालाइ स्वीकार गर्नेछौ भन्ने आशा त पक्कै थिएन तर यति सारो तिरस्कार गर्नेछौ भन्ने त ढुक्कै थिएन। सायद एउटा औपचारिकताको बुँनियादमा हाम्रो सम्बन्ध टिकेको थियो कि ? तिमीले कलेजमै हुँदा कत्ती इग्नोर तिरस्कार गर्थ्यौ । मैले सायद त्यतिबेलै बुझ्नपर्थ्यो क्यारे । भौगोलिक रुपमा टाढिएका त पछी हौँ। तर मनबाट त तिमीले त्यो बेलै टाढा बनाएकी थियौ...

नलेखिएको कथा: भाग २

Image
त्यो जमल घटनाले मेरो सार्है नै मन दुखेको थियो । रिसाउनु र मन दुख्नुमा अन्तर हुँदो रहेछ । रिसाउँदाखेरि गाली गरिन्छ भने मन दुख्दा खेरी मौन बसिँदो रहेछ। म पनि मौन थिए त्यसपछी। ३७ दिनसम्म मैले रुबिनासँग बोलिन। कलेजमा कतिपटक जम्काभेट हुन्थ्यो तर म नदेखेजस्तो गरि जान्थे।तिमी पनि वास्ता गर्दिन थियौ। नजिक भएर पनि कति टाढा भएजस्तो लाग्थ्यौ तिमी। यत्तिकैमा समय बित्दै थियो। १२ कक्षाको साथसाथै हाम्रो +2 नि सकिँदै थियो। मेरो कलेज आउने क्रम पातलिँदै थियो। कलेजको अन्तिम दिन थियो। म त्यो दिन कलेज आएको थिइन। कलेजको आखिरी दिन रुबिनालाइ देखेर म कस्तो रियाक्ट गर्थे होला आफैलाइ थाहा थिएन। म गैन त्यो दिन। त्यो दिन मलाई एकजना मेरो घनिष्ठ साथीको मेसेज आयो अनि यस्तो च्याट भयो । "ओए! तँ किन रुबिनासँग बोल्न छोडेको?" "मलाइ एकदमै तिरस्कार गर्ने मान्छेसँग म किन बोल्नु र?" "बोल थपक्क ! आज कस्तो रोएकी थिइ तँ बोल्दिनस रे भन्दै।" एकछिन मनमा एउटा तरङ्गको सिर्जना भयो तर केही नभए जसरी जवाफ फर्काएँ "रुनु त्यस्को चटक। She is a manipulative bitch." म भन्न एकथोक भनिरहेको थिएँ तर तिम...

नलेखिएको कथा : भाग १

Image
"आज मलाइ तिम्रो नेपाली कापी देउ न ल ।" "नाइँ मेरो होमवर्क बुझाउनु छ।" "प्लीज देउ न के ।" सयपत्री झैँ ढकमक्क फक्रेका ती आँखा जब रसाएर कुरा गर्दथे , लाग्थ्यो कि त्यस आँखाको नमीको प्रत्येक कणहरूम स्वयं मोहिनी नाच्दै मलाइ ललायित पार्दैछिन । भोलिपल्ट कापी बुझाउनु थियो तर मन बुझाएको मान्छेले नै माग गरेपछी बिचरो कापी पनि उतै जान उत्साहित बन्दो रहेछ । चार वर्ष भएको थियो , हामीले एक-अर्कालाइ चिनेको । बिछट्टै मिल्थ्यौँ हामी । बाझ्न पनि निक्कै बाझ्थ्यौँ। देख्नेले नि भन्ने गर्दथे "कस्तो कुकुर र बिराला जसरी बाझेका।" तर झगडा गर्नमा नि बडो आनन्द लाग्दथ्यो। अक्सर बोल्ने क्रममा उसको डटपेन टोक्ने बानी थियो । त्यो बानी मलाइ सारै मन पर्दथ्यो । हातमा डटपेन घुमाउँदै बोल्दा म कत्तिखेर उसको डटपेन खस्छ भन्ने प्रतीक्षामा बसेको हुन्थे । कतिखेर डटपेन खस्नेछ अनि उसले भन्नेछे ," प्रसन्न , त्यो डटपेन टिप्देउ न ।" म बडो उत्साहित हुँदै डटपेन टिप्दथेँ । हातमा दिदाँ उ मुसुक्क मुस्कुराउँदथी अनि भुतुक्क लजाएर म लुसुक्क आफ्नो नजर लुकाउँदथे । तिमी अर्थात मेरो जिन्दगीको त्...